गाउँमा विकास, गाउँमै उद्यम
पछिल्ला वर्षहरुमा गर्भवती तथा सुत्केरी महिलाको नियमित जाँच र उपचार गर्नुपर्छ भन्ने सचेतना बढेको छ । स्वास्थ्य संस्था पुगेर प्रजनन स्वास्थ्य सेवा लिन सहज मान्न थालेका छन् ।
काठमाडौं । अठार वर्षअघि पाँच लाख रूपैयाँ लगानीमा फर्निचर उद्योग खोलेका बागलुङ, ताराखोला गाउँपालिका, वार्ड नं– ५, धस्मर गाउँका स्थानीय ४९ वर्षीय नवराज सुवेदीले ‘कुनैदिन आधा करोडको मालिक भइएला’ भन्ने सोचेकै थिएनन् ।
दशक चलेको माओवादी द्वन्द्वले थिलथिलो भएको गाउँमा रोजीरोटीका लागि विदेशिने लहर चलिरहेका बेला उनले डिजेलले चल्ने जेनेरेटर जोडेर फर्निचर उद्योग थालेका थिए, २०६४ सालमा ।
‘गाउँमै केही गरौं, स्वरोजगार बनौं न भन्ने त्यतिबेलाको लागि त ‘दुस्साहस’ नै थ्यो त्यो,’ सुवेदीले सुरूवाती दिनहरू सम्झिए, ‘त्यतिखेर मुख्य समस्या के थियो भने जेनेरेटर बिग्रेको बिग्रियै गर्ने, मर्मत गरेकोगर्यै गर्नुपर्ने, बोकेर पोखरा–बुटवलतिर पुर्याउनुपर्ने, खर्चै मात्रै हुने । उद्योग टिकाउन सार्हो गार्हो थियो ।’
छरछिमेकमा एउटै मात्रै फर्निचर उद्योग भएकाले खाट, दराज जस्ता सामानको अर्डर आइरहन्थ्यो । उनले जेनेरेटरलाई मर्मत गर्दै, उद्योग धान्दै आए ।
छ वर्ष अघिमात्रै ताराखोलामा ३८० किलोवाटको लघु जलविद्युत् आयोजना बनेपछि सुवेदीलाई निकै सहज भयो । उनले खोला आडैको फर्निचर उद्योगमा बिजुली जोडे । डिजेल हालेर जनेरेटेर चलाउनुपर्ने र मर्मत गरिरहनुपर्ने झन्झटबाट मुक्त भए । ‘काम गर्न सजिलो, छिटो र सस्तो भयो, उद्योगको सञ्चालन लागत आधा नै घटेको छ !’ उनले भने ।
सुवेदीको फर्निचर उद्योगमा १० वर्षदेखि काम गर्दै आएका ५५ वर्षीय तोपबहादुर घर्ती थप्छन्, ‘काठ चिल्याउँन पहिले काँध, ढाड, हात र छाती कक्रिउन्जेल रन्दा घोट्नुपर्थ्यो, अब बिजुली मेसिनले त्यस्तरी घोटिनपर्दैन र काम पनि छिटो हुन्छ ।’
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को ग्रामिण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा (आरइआरएल) अन्तर्गत आर्थिक र प्राविधिक सहयोगमा निर्माण गरिएको जलविद्युत् आयोजनाले ताराखोला गाउँपालिकाको १८ हजार भन्दा बढी घरधुरीमा बिजुलीको पहुँच पुर्याउन सफल भएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए ।
‘हाम्रो क्षेत्र खोलानालाले सम्पन्न भएकाले स्थानीयले ‘पेल्ट्रिक सेट’ जडान गरी साना लघु जलविद्युत् उत्पादन गरेर बत्ती बाल्थे,’ पालिका अध्यक्ष विकले भने, ‘ठूलो क्षमताको विद्युत् आयोजना बनेपछि फर्निचरदेखि खानीजन्य ६१ वटा उद्योगधन्दाहरु सञ्चालन र बिजुलीको बढी भन्दा बढी उपयोग गरेर गाउँमै रोजगारी सिर्जना भएको छ, ३०० भन्दा बढी स्थानीय महिला र युवाहरूले आयआर्जनको अवसर पाएका छन्, छोराछोरीको पढाइमा लगानी, आफ्नो र परिवारको स्वास्थ्य उपचार गर्न सकेका छन् ।’
आलुजन्य स्थानीय कृषि उपज तथा स्लेट/ढुंगा लगायत खानीजन्य स्रोतसाधनको उत्पादन, प्रशोधन तथा बजारीकरणमा गाउँपालिकाले पनि सहजीकरण गर्दै आएको उनले बताए । बिजुलीको बिल तिर्न स्मार्ट मिटर बक्स राखिएको छ । उपभोक्ताले जति नै मात्रा बिजुली खपत गरेपनि घरैमा बसेर बिल तिर्न सक्छन् ।
सरकारले युएनडिपीसँगको सहकार्यमा २०५३ सालदेखि नै ग्रामिण विद्युत् विकास परियोजना (आरइडिपी) कार्यक्रम गर्दै आएकोमा २०६८ सालदेखि भने स्थानीयलाई विद्युतमा आधारित जनजीविकामा जोड्न ग्रामीण जीविकोपार्जनका लागि आरइआरएल कार्यक्रम ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत सञ्चालन गर्दै आएको छ ।
सोही अन्तर्गत गाउँका महिलाहरुलाई ताराखोला गाउँपालिकाले आलु चिप्स बनाउने सीपमुलक तालिम लगायत प्याकेजिङ र मार्केटिङको तालिम दिएर आयआर्जनमा जोडेको छ ।

0 Commented
No comments yet. Be the first to comment.
सम्बन्धित समाचार
Nieuwe E Wedden
Nieuwe E Wedden Bijvoorbeeld, moet de abonnee stoppen met het uiten van zijn voorspelling ten minste een minuut voor het spel waarop het wordt...
Same Day Payout Casino
Same Day Payout Casino Pin-up Casino offers a wide variety of live casino games for players to enjoy, same day payout casino if you like a powerful...
Lotto Jak Grać żeby Wygrać
Lotto Jak Grać żeby Wygrać Jeśli grasz mniej niż 30 darmowych spinów, które oferuje wiele różnych gier...
Manchester United Aston Villa Wedstrijden
Manchester United Aston Villa Wedstrijden Daarnaast innoveert de bookmaker begin 2023 door het aanbieden van Cash Out, zal de betaling altijd...
