Nepal_Voice

गगन-विश्वलाई निकाल्ने छलफल, केन्द्रीय समितिमा शेखर पनि साक्षी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता–कार्यकर्तालाई पार्टीबाट निष्कासन गर्ने तयारी थालेको छ। 

बालुवाटारमा जारी त्रिपक्षीय वार्तामा सहमति नजुटेमा निष्कासनको  निर्णय गर्ने संस्थापन पक्षको तयारी रहेको बताइएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन नेताहरू कांग्रेस केन्द्रीय कार्यालय सानेपा पुगिसकेका छन्। यसअघि नै विशेष महाधिवेशन पक्षधरले संस्थापनले डाकेको बैठक बहिष्कार गर्ने निर्णय गरिसकेका छन्। गगन थापा र विश्वप्रकाश शर्माले वार्तामा सहमति नजुटेसम्म सानेपाको बैठकमा नजाने अडान राखेका छन्।

0 Commented

No comments yet. Be the first to comment.

Summarize News