विशेष महाधिवेशन : मंगलबार मतदान नहुने
काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान नहुने भएको छ । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार आज नयाँ नेतृत्व चयनका लागि मतदान नहुने भएको हो ।नका अनुसार आज साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ताको समय राखिएको छ ।
उनले अब समय नथपिने बताउँदै परिमार्जित कार्यतालिका सार्वजनिक गरिने बताए । बुधबार बिहानबाट बाँकी कार्यक्रम अघि बढाउने निर्वाचन समिति संयोजक केसीले बताए । गत आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी छ ।
0 Commented
No comments yet. Be the first to comment.
सम्बन्धित समाचार
कांग्रेसको विशेष महाधिवेशनमा चुनाव भोलि बुधबार हुने
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा नयाँ नेतृत्वका लागि मंगलबार मात्रै चुनाव हुने भएको छ। काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा विशेष...
गगन-विश्वलाई निकाल्ने छलफल, केन्द्रीय समितिमा शेखर पनि साक्षी
काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता–कार्यकर्तालाई पार्टीबाट...


