शुक्रबारदेखि मौसम बदली हुने
काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण शुक्रबार अपराह्नदेखि मौसम बदली हुने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यगरी नेपालको पश्चिम क्षेत्रमा मौसम बदली भई मध्यमसम्म वर्षा र हिमपात हुने जनाइएको छ। विभागका मौसमविद् डेभिट ढकालले माघ ९ र १० गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने जानकारी दिए। उनले त्यसपछि सुदूरपश्चिम क्षेत्रको थोरै स्थानमा हल्का वर्षा सुरु हुने जनाए।
शुक्रबार राति देशैभरका उच्च पहाडी तथा हिमाली भूभागका केही ठाउँमा मध्यमसम्म हिउँ पर्ने सम्भावना छ। उनले पश्चिमी वायुको प्रभावले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुने जानकारी दिए।
0 Commented
No comments yet. Be the first to comment.
सम्बन्धित समाचार
फुटको संघारमा कांग्रेस
No preview available.
यूएईको सबैभन्दा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार ‘जायद सस्टेनेबिलिटी’ बिल्ड अफ नेपाललाई
संयुक्त अरब इमिरेट्स का राष्ट्रपति शेख मोहम्मद बिन जायेद अल नाह्यानद्वारा मङ्गलवार अबुधाबीमा आयोजित विशेष समारोहमा उक्त पुरस्कार प्रदान गरिएको हो ।...
विघटित प्रतिनिधि सभा पुनर्स्थापना हुने सम्भावना छ- सभामुख घिमिरे
मंगलबार झापा क्षेत्र नम्बर २ मा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै सभामुख घिमिरेले संसद भंग गरेर संविधानलाई जबरजस्त लिक बाहिर पुर्याउने काम...
कांग्रेसको नयाँ नेतृत्व छान्न आज राती ९ बजे मतदान, यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार आज मध्यान्ह साढे १२ बजे प्रथम मतदाता नामावली प्रकाशन...



